लेखा समिति सभापतिले ट्रंकलाइनको बक्यौता नतिरेका व्यापारीलाई भेटेको माओवादी सांसदको दाबी

लेखा समिति सभापतिले ट्रंकलाइनको बक्यौता नतिरेका व्यापारीलाई भेटेको माओवादी सांसदको दाबी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संसद्को सार्वजनिक लेखा समितिका सभापतिले डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेका एक व्यापारीसँग भेट गरेको भन्दै छानबिन गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सापकोटाले समितिमा बहस कायम रहेकै अवस्थामा समिति सभापतिले पदीय दुरुपयोग गरी झगडियालाई भेटेको भन्दै छानबिन गर्न माग गरे।

‘डेडिकेटेड फिडर र ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ, तर उक्त समितिका सभापति र झगडियाहरूमध्ये बक्यौतासमेत कायम रहेका एकजना व्यापारीबीच रहस्यमय भेट भएको सूचना आएको छ । पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिनका लागि जोडदार माग गर्दछु,’ उनले भने।

कृषिप्रधान देशमा किसानले सात महिनादेखि दुधको बक्यौता नपाएको विषयमा कृषिमन्त्रीले सदनबाट जवाफ नदिएको विषयमा आपत्ति जनाउँदै सांसद सापकोटाले यस विषयमा रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए। उनले भने, ‘बडो दुःखको कुरा– किसानले धेरै दुःख गरेर उत्पादन गर्ने दुधको पैसा सात महिनादेखि बक्यौता छ । उता दुग्ध विकास संस्थान करिब विघटनको सँघारमा छ । सरकारका कृषिमन्त्री हिजो (संसदमा) उभिएर जवाफ दिनुभयो, यसबारे बोल्नुभएन । त्यसैले विषयको गाम्भीर्यतालाई ख्याल गरेर सम्माननीय सभामुखमार्फत रुलिङ होस् भन्ने माग गर्न चाहन्छु ।’