असोज १४, २०८३ काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच स्टार्टअप तथा उद्यमशीलता क्षेत्रलाई थप सशक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार, दुवै संस्थाले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन् । कार्यक्रममार्फत हरेक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने…