आइतबार, कात्तिक २९, २०८३
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा चितवन राइनोजविरुद्ध मध्यम सुरुआत गरेको छ । आइतबार (कात्तिक २९) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको कर्णालीले सुरुआती ६ ओभरमा तीन विकेट गुमाएर ४६ रन बनाएको छ ।
हाल क्रिजमा रहेका कप्तान डेभिड मिलर र पवन सर्राफ क्रमशः एक र शून्य रनमा खेलिरहेका छन् ।
पभेलियन फर्किएका ओपनर अरिफुल इस्लामले ३५ रन बनाए । दीपक डुम्रेले सात रन जोडे । सचिन शर्मा शून्यमा आउट भए ।
चितवनका निम्ति कमलसिंह ऐरीले दुई र सलाहुदिन खानले एक विकेट लिए ।
प्रतिक्रिया