कात्तिक २८, २०८३ शनिबार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टीको आधिकारिकताका सन्दर्भमा सर्वोच्च अदालतले अन्तिम निर्णय गर्दा निष्पक्ष रूपमा गर्ने विश्वास व्यक्त गरेका छन्।
सम्बोधनमा ‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन,’ । उनले राजाको पालामा समेत निष्पक्ष फैसला गर्ने अदालतले अहिले किन गर्न सक्दैन भन्दै प्रश्नसमेत गरे।
त्यस्तै, गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन हुँदा आफूसँग सल्लाह नगरेको समेत उनले जिकिर गरे। ‘पार्टी सभापति मै छु, मलाई थाहै छैन। विशेष महाधिवेशन गरेर गगन थापा सभापति भइसक्नुभएको रहेछ,’ देउवाले भने।
देउवाले जेनजी विद्रोहका बेला भएको आक्रमणमा आफू गम्भीर घाइते भएकोसमेत बताए। ‘सुरक्षाकर्मी नभएको भए मलाई मारिसकेका हुन्थे, मेरो टाउकोमा गम्भीर चोट लागेको थियो,’ उनले भने। जेनजीका नाममा आफूहरूमाथि षड्यन्त्र भएको उनको भनाइ छ।
प्रतिक्रिया