नेकपा एमालेका सांसद महेश बर्तौलाले स्वास्थ्य बिमाअन्तर्गतका सेवा देशका सूचीकृत जुनसुकै अस्पतालबाट सेवा लिन सकिने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बर्तौलाले सूचीकृत भएका देशका जुनसुकै अस्पतालबाट सेवा लिन पाउनुपर्ने उनको भनाइ छ।
झन्डै ८० लाख नागरिक जोडिएको स्वास्थ्य बिमामार्फत आकस्मिकबाहेकका विशेषज्ञ सेवा लिन प्रथम विन्दुबाट रिफरपत्र लिनुपर्ने व्यवस्थाले सेवाग्राही समस्यामा परेका सांसद बर्तौलाले बताए।
‘स्वास्थ्य बिमा कार्यक्रम सरकारले ल्याएको एक महत्त्वपूर्ण सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम हो । हाम्रो देशको ७५३ वटै पालिकामा यो कार्यक्रम विस्तार भएको छ । झन्डै ८० लाख नागरिकको तहमा यो कार्यक्रम जोडिएको छ। तर, एउटा समस्या छ– आकस्मिकबाहेक विशेषज्ञ सेवा लिनुपर्याे भने प्रथम सेवा विन्दुबाट रिफरपत्र लिनुपर्छ बिरामीले । बिमा कार्ड देखाएबापत सूचीकृत सबै अस्पतालबाट, जहाँसुकैबाट बिरामीहरूले स्वास्थ्य बिमामार्फत विशेषज्ञ स्वास्थ्य सेवा पाउने अवस्था सुनिश्चित गर्न जरुरी छ,’ उनले भने।
प्रतिक्रिया