सन् १९६० मा आजकै दिन : निक्सन राष्ट्रपति उम्मेदवार चयन

सन् १९६० मा आजकै दिन : निक्सन राष्ट्रपति उम्मेदवार चयन

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन् १९६० मा आजकै दिन (जुलाई २८) रिपब्लिकन पार्टीले रिचर्ड निक्सनलाई अमेरिकाको राष्ट्रपति चुनावका लागि उम्मेदवार चयन गरेको थियो । पार्टीको राष्ट्रिय सम्मेलनले निक्सनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको थियो ।तर, उनी डेमोक्रेटिक पार्टीका उम्मेदवार जोन एफ केनेडीसँग पराजित भए । त्यसअघि उनी राष्ट्रपति ड्वाइट डी आजनहावरको कार्यकालमा सन् १९५३ देखि १९६१ सम्म अमेरिकाको उपराष्ट्रपति थिए ।

पहिलो पटकको प्रयासमा राष्ट्रपतिमा पराजित भए पनि निक्सन पार्टीको राजनीतिमा भने सक्रिय रहे । रिपब्लिकन पार्टीले सन् १९६८ को चुनावमा निक्सनलाई पुनः राष्ट्रपतिको उम्मेदवार बनायो । यसपटक भने डेमोक्रेटिक पार्टीका ह्युबर्ट हम्फ्रेलाई पराजित गर्दै निक्सन अमेरिकाको ३७ औं राष्ट्रपति चुनिन सफल भएका थिए ।

निक्सन सन् १९७२ मा चुनाव जित्दै दोस्रोपटक पनि राष्ट्रपति बन्न सफल भएका थिए । तर, उनले दोस्रो कार्यकाल भने पूरा गर्न पाएनन् । चर्चित ‘वाटर गेट’ काण्डका कारण कार्यकाल नसकिँदै सन् १९७४ मा उनले राजीनामा दिनुपरेको थियो ।