‘कुनै जिम्मेवार गृहमन्त्रीले फरार अभियुक्त फलानो ठाउँमा छ भनेर भाषण गर्न मिल्छ ?’

‘कुनै जिम्मेवार गृहमन्त्रीले फरार अभियुक्त फलानो ठाउँमा छ भनेर भाषण गर्न मिल्छ ?’

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुई ठूला दलबीच समीकरण बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकै कारण कांग्रेस नेता रमेश लेखकले गृह मन्त्रालय जस्तो राज्य शक्तिको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । प्रमुख प्रतिपक्षको भूमिकामा रहादा प्रमुख सचेतकको हैसियतमा उनकै नेतृत्वमा सहकारी ठगीमा आरोपित तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राखेर कांग्रेसले संसद् अवरोध गरेको थियो । 

त्यसरी गठन भएको छानबिन समितिले काम गरिरहेकै बेलामा सरकार परिवर्तन भयो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री लामिछानेले विभिन्न काण्डमा अनुसन्धान भइरहेका र खुलेका फाइल बन्द गराउनकै लागि कांग्रेस–एमाले समीकरण बनेको भाष्य निर्माण गरिरहेका छन् ।

हिजो आफैंले उठाएका मुद्दा र अहिले प्रतिपक्षमा रहेका दलले गरिरहेको आशंकाका बीच वर्तमान सरकार र गृहमन्त्रीले सुशासनको क्षेत्रमा कस्तो काम गर्छन् भन्ने आमचासो छ । यिनै सन्दर्भमा गृहमन्त्री रमेश लेखकसँग कान्तिपुरका उमेश चौहानकृष्ण आचार्य र कुलचन्द्र न्यौपानेले गरेको संवादको सम्पादित अंश :

भ्रष्टाचारमा अनुसन्धान भइरहेका ‘केस’ दबाउन, खुलेका फाइल बन्द गराउन यो समीकरण बनेको भन्ने भाष्य पनि बनिरहेको छ । यो सरकारले के–कस्ता अनुसन्धान रोक्छ र कस्ता–कस्ता फाइल बन्द गर्छ भन्नेबारे आम नागरिकले पनि हेरिरहेका छन् । तपाईं गृहमन्त्री हुनुभएकाले के सोच्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ ?

नयाँ समीकरणलाई लिएर बनाइएको यो कृत्रिम भाष्य हो । सरकारबाट बाहिरिनुभएका र प्रतिपक्षमा बस्नुभएका साथीहरूले कुनै कुरा नभेटेपछि यस्तो भाष्य बनाउने कोसिस गर्नुभएको हो । त्यो धेरै दिन टिक्दैन । किनभने उहाँहरूले नेतृत्व गर्दा सरकार अस्थिर भयो, गलत सन्देश जनतामा प्रवाह भयो, उहाँहरूकै कारणले यो समीकरण बनेको हो । यसको मुख्य उद्देश्य नै राजनीतिक स्थिरताका लागि हो ।