संसद् भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका दलित अभियन्ता रिहा

संसद् भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका दलित अभियन्ता रिहा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं स् संसद भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका दलित अभियन्ता खगेन्द्र सुनार रिहा भएका छन्।

मंगलबार संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। बुधबार उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

उनी हातखुट्टा साङ्लाले बाँधेर धर्ना बसिरहेका थिए। सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन्।

उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि दलित आयोगले एक विज्ञप्ति निकालेर उनलाई तत्काल रिहा गर्दै उनका उठाएका माग सम्बोधन गर्न माग गरेको थियो।

संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरूले प्रदर्शन गर्दै आएका थिए।

उनीहरूले गएको शनिबार ‘दलितलाई मन्त्री खैरु’, ‘दलितलाई बजेट खैरु’, ‘दलितलाई राजदूत खैरु’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने उनीहरूको माग छ।