संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ,सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ।

कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो।

यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ। समितिले जेलमा रहेका पाँच जनालाई झिकाएर बयान लिइसकेको छ। थप दुई जनाको बयान लिने क्रम जारी छ।

समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ। सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने बताइएको छ।