सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी ः उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध।

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी ः उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध।

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

३२ साउन, काठमाडौं।
आज दिउँसो सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हिमताल फुटेर बाढी आएको आशंका गरेको छ ।आजको बाढीले लज चल्ने गरेका सातवटा घरहरु बगायो । छेउमा स्कुल पनि छ । बाटो, साँघु सबै बगाइदियो ।

“खुम्बुको पर्यटनमा अफसिजन चलिरहेकाले लजमा मान्छेहरु खासै छैनन् । त्यसैले बाढीमा कमभन्दा कम मान्छे परे भन्ने आशा गरेका छौं” एक स्थानियले भने। राति बाढी आएको भए धेरै क्षति हुने थियो । दिउँसो १ः२५ अचानक बाढी आएपछि त्यहाँबाट भाग्न सजिलो भयो ।

धन्न पारेचोम्बुचो ताल फुट्न पाएनछ । त्यो पनि फुटेको भए धेरै नै क्षति हुने थियो । उतापटि रोलिङ खोला छ, यतापटि थामे । यी दुई खोलाहरुको बीचमा थुप्रै पहाडहरू छन् । तीमध्ये कुनै पहाड फुटेको आशंका छ । माथि गएर हेर्ने अवस्था छैन ।

अहिले गाउँपालिकाका मानिसहरु प्रहरीसहित आइपुगेका छन् । सेना पनि आउँदै छ । बिजुली कतै छैन । इन्टरनेट हुने कुरै भएन । बाढी चाहिँ दिउँसोभन्दा घट्ने क्रममा छ ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ सोलुखुम्वुको जोरसल्ले देखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।’

त्यस्तै गृह मन्त्रालय विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्‍याएको हुन सक्‍नै भन्‍दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेका छन् ।

यस्तै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी आसपासका क्षेत्रहरू अति जोखिममा रहेको भन्‍दै दूधकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सचेत र सुरक्षित स्थानमा जान अपिल गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्‍नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘थुलुङ गाउँपालिका स्थित दूधकोशी नदी आसपास क्षेत्रहरू अति जो रहेको हु खिममा रहेको हुँदा दूधकोशी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सचेत रहन र सुरक्षित स्थानमा बस्नुहुन थुलुङ दूधकोशी गाउँपालिका हार्दिक अपिल गर्दछ।’