पृथ्वी राजमार्गको घाँसीकुवा पहिरो हटाइँदैछ तीन वटा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

पृथ्वी राजमार्गको घाँसीकुवा पहिरो हटाइँदैछ तीन वटा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, भदौ ६

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा खसेको पहिरो पन्छाउने काम भइरहेको छ।

बुधबार दिउँसो खसेको पहिरोले पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध छ।

पहिरो गएको स्थलमा नेपाली सेना पनि परिचालन गरिएको छ।

व्यास नगरपालिका वडा नम्बर ५ चापाघाटस्थित कालीभञ्जन गण (इ)का सेनाले पहिरोसँगै खसेका रूख काट्ने काम गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँले सूचना निकालेर पहिरोले पृथ्वी राजमार्गको घाँसीकुवा खण्ड अवरूद्ध रहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

साना तथा मझौला सवारी साधनलाई तालघरे(दरैपधेरा हुँदै घाँसीकुवा सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो। साथै घाँसीकुवा(पोल्याण्ड, रानीगाउँ हुँदै तालघरे सडक प्रयोग गर्न भनिएको छ।

हेभी सवारी साधनलाई डुम्रे(वेशीसहर लमजुङ सडकखण्ड हुँदै पोखरा पुग्न प्रहरीको आग्रह छ।

घाँसीकुवा पहिरो हटाउन बिहीबार दिनभरजसो लाग्ने अनुमान गरिएको छ।