रिलायन्स एजुकेशनले नमुना संयुक्त राष्ट्र संघको ८ औँ राष्ट्रिय सम्मेलन गर्दै

रिलायन्स एजुकेशनले नमुना संयुक्त राष्ट्र संघको ८ औँ राष्ट्रिय सम्मेलन गर्दै

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रिलायन्स एजुकेशन नेटवर्कले नमुना संयुक्त राष्ट्रसंघको ८ औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । युवा मस्तिष्कहरु वार्ताको लागि भेला हुन्छन् ९ध्जभचभ थ्यगलन (Where Young Minds Convene to Negotiate) भन्ने मूल नाराका साथ यही साउन ३१ देखि भदौ १ गतेसम्म सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा काठमाडौँ उपत्यकासहित रुपन्देही, चितवन, धनुषा, नवलपुरका कुल २५ शैक्षिक संस्थाहरूका २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहनेछ ।

सम्मेलनमा नमुना संयुक्त राष्ट्र संघीय ६ वटा समितिहरूका साथै संघीय संसद् नेपाल तथा ऐतिहासिक विपत् समिति गरी ८ वटा समिति रहनेछन् । सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्मेलन निर्देशक दिलिप नेपालले यस सम्मेलनलाई संयुक्त राष्ट्र संघ नेपालले रणनैतिक साझेदारको रूपमा लिई सहयोग गरेको बताए । तीन दिनको बसाइका क्रममा उनीहरूले मानव जगतका जल्दा बल्दा समस्यामा छलफल गर्नुका साथै आपसी समझदारी कायम गर्दै संकल्पहरू  (Resolutions) तयार पार्ने उनको भनाइ छ ।

विद्यार्थीहरूमा कूटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले सुशोभित दक्ष नागरिक निर्माण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेमा उनको जोड छ ।

संयुक्त राष्ट्र संघका लागि पूर्व आवासीय दूत तथा वरिष्ठ कूटनीतिज्ञ मधुरमण आचार्यको प्रमुख आतिथ्यता तथा संयुक्त राष्ट्र संघ शान्ति तथा निशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक दिपायन वशु रयको मुख्य भाषण रहनेछ ।

सम्मेलनको उद्घाटन श्रावण ३१ गते रिलायन्स पब्लिक स्कुलको सभाहल, बुढानीलकण्ठ– १०, कपनमा हुनेछ ।