डेंगी संक्रमितको संख्या हालसम्मकै उच्च

डेंगी संक्रमितको संख्या हालसम्मकै उच्च

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आइतबार, भदौ १६, २०८१

काठमाडौं । डेंगी संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार अगष्ट ३० सम्म ६ हजार ३४७ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

अघिल्ला सात महिनाको तथ्याकं हेर्दा अहिलेको सख्यां उच्च रहेको छ । यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ ।संक्रमितमध्ये तीन हजार ७३० जना अगष्टका ३० दिनमा थपिएका हुन् । । यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ९५४ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ११६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि कास्कीमा ६४५, चितवनमा ५८७, पर्वतमा ५८७, चितवनमा ५१७, काठमाडौंमा ५११, गोरखामा २४५, झापामा १६३ र मकवानपुरमा ११४, भोजपुरमा १०३, पाल्पमा १०१ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।