ममता काफ्लेकी आमा र दाजु अमेरिका पुगे

ममता काफ्लेकी आमा र दाजु अमेरिका पुगे

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

१६ भदौ, काभ्रे । अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु अमेरिकाको भर्जिनिया पुगेका छन् ।

काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । यस्तोमा १ वर्षकी छोरी एक्लै भएपछि रेखदेख गर्न भन्दै काफ्लेको माइती पक्षले अमेरिका जान खोजेको थियो ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेको सहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

लगत्तै काफ्लेको माइती पक्षले नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग समेत भेट गरेका थिए । त्यसपछि उनीहरुले अमेरिका जाने प्रक्रिया थालेका थिए ।

भिसा लगायतका प्रक्रिया पूरा भएपछि गएको मंगलबार राति उनीहरु त्यसतर्फ गएको मामा सहकुलप्रसाद तिम्सिनाले बताए । उनले भने, ‘उहाँहरु अमेरिका पुगिसक्नु भएको छ, त्यहीँबाट मेरो कुराकानी पनि भइसक्यो ।’

१२ कक्षा सकेपछि बैंग्लोरमा नर्सिङ पढिरहेका बेला सामाजिक सञ्जालमार्फत उनको कञ्चनपुरका नरेश भट्टसँग चिनजान भएको थियो ।

पछि उनीहरु प्रेम सम्बन्धमा जोडिए, त्यसपछि २०७७ सालमा पनौतीमा धुमधामसँग नरेश र ममताबीच विवाह भएको थियो । ममता अमेरिका विवाहको केही समयपछि गएकी थिइन् ।