ओली भर्सेस बालेन : रोकिएन ओलीको फेसबुक ‘अनफलो’ अभियान

ओली भर्सेस बालेन : रोकिएन ओलीको फेसबुक ‘अनफलो’ अभियान

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० र एमाले नेता कार्यकर्ताबिचको फेसबुक वार चलिरहेका बेला बालेन समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फेसबुक’ पेजलाई लगातार ‘अनफलो’ गरिरहेका छन् । मंगलबार बेलुकाबाट बालेन समर्थकले प्रधानमन्त्रीलाई फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेका हुन् । बुधबार अपराह्नसम्म पनि त्यो क्रम जारी छ ।

आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले ९लुम्बिनी० प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस राखेपछि बालेन र एमाले नेता कार्यकर्ताबिच फेसबुक वार सुरु भएको थियो । बालेनको उक्त स्ट्याटस मंगलबार फेसबुक पेजबाट हटेको थियो ।

त्यसपछि आगो बनेका मेयर बालेनले आफ्नो स्ट्याटस हटाइएको दाबीसहितको मंगलबार अर्को पोस्ट गरेका थिए । उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार भनेका थिए । त्यस लगत्तै बालेनका समर्थहरूले ओलीलाई ‘अनफलो’ गर्न अभियान नै चलाएका थिए । ओलीको फेसबुकमा करिब ६ लाख ६३ हजार फलोअर रहेकोमा बुधबार दिउँसो घटेर ५ लाख ९२ हजारमा झरेका छन् ।

मेयर साहले सांसद शर्मालाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । सांसद शर्माविरुद्ध महानगरले बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुर अन्तर्गत जाहेरी दर्ता गरेको थियो । तर एमाले नेता कार्यकर्ताले शर्माको बचाउ गर्दै बालेनको आलोचना गर्दै आएका थिए ।