नजराना (कोसेली) बुझाउनु पर्दैन ः प्रधानमन्त्री

नजराना (कोसेली) बुझाउनु पर्दैन ः प्रधानमन्त्री

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शनिबार, भदौ २९, २०८१

काठमाडौं । बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटेल लेमट ट्री प्रिमियरको शनिबार उद्घाटन गर्दै उनले कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्नेबारे ‘ट्रयाकिङ’ प्रविधि बनाइएको जानकारी गराए ।

व्यवसायीले निर्बाध रूपमा व्यावसायिक काम गर्न सक्ने उनले उल्लेख गरे । काम गर्न कहीँ कतै नजराना (कोसेलीरउपहार) बुझाउनु नपर्ने उनले बताए ।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रियामा रहेको सुनाए । सुशासनसहित छिटोछरितो राज्यका सेवा जनतालाई दिन सरकार अग्रसर रहेको उनले स्पष्ट पारे ।

उनले व्यवसायीलाई सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाए ।

साढे दुई अर्ब रुपैयाँको लगानीमा पाँच वर्षमा उक्त होटेल निर्माण गरिएको जनाइएको छ । हिमालयन टेली भ्वाइस