कुपण्डोलमा भासियो सडक

कुपण्डोलमा भासियो सडक

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । ललितपुरको कुपण्डोलमा शनिबार प्रमुख सडक भासिएको छ । भासिएको सडकबाट ठुलो पानी बगिरहेको थियो ।

के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ ।

सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ । पानीको बहावका कारण केही बाइकहरुसमेत लड्न पुगेका थिए । अहिले बगिरहेको पानी भने रोकिएको छ ।