बालेन शाहको फोटो भएको टिसर्ट लगाएकाहरू प्रहरी नियन्त्रणमा

बालेन शाहको फोटो भएको टिसर्ट लगाएकाहरू प्रहरी नियन्त्रणमा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, असोज १, २०८१

काठमाडौंको बसन्तपुर क्षेत्रमा मंगलबार इन्द्रजात्रा हुँदैछ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो र बालेन लेखिएको टिसर्ट लगाएर बसन्तपुर पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्थानीय बासिन्दासँग विवाद भएपछि उनीहरूलाई बसन्तपुर दरबारबाट अगाडिबाट हटाएर प्रहरी वृत्त जनसेवामा लगिएको प्रहरीले जनाएको छ।

इन्द्रजात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुने कार्यक्रम छ। जात्राका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन्।

बालेन शाहको फोटो भएको टिसर्ट लगाएकाहरूलाई सुरक्षाका लागि प्रहरी वृत्त जनसेवामा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए।

‘त्यहाँ विवाद हुन लागेपछि उनीहरूलाई जनसेवातिर लगिएको हो। बालेन सिटी लेखिएको कुरामा स्थानीयसँग विवाद भएको रहेछ,’ उनले भने।

बालेनको फोटोसहितको टिसर्ट लगाएका १० जनालाई जनसेवामा राखिएको उनले जानकारी दिए।