नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित :राष्ट्रसंघ

नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित :राष्ट्रसंघ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मंगलबार, असोज १, २०८१
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित स् राष्ट्रसंघ

राष्ट्रसंघ । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका छन् । उनीहरूका लागि खाद्यन्न, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए)ले राष्ट्र संघका एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) र नाइजेरिया रेडक्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरूको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ ।

लामो द्वन्द्वसँगै बाढीका कारण पटक–पटक विस्थापित भएका उनीहरूलाई यथाशीघ्र सहयोग चाहिएको ओसीएचएले जनाएको छ ।

विपद्को समयमा लैंगिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालिकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधिहरू अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।

ओसीएइचएका अनुसार सेप्टेम्बर–९ मा अलाउ बाँध क्षेतिग्रस्त हुँदा तीन लाख मानिस विस्थापित भएका थिए । मैदुगुरीमा बाढीले अन्य महत्त्वपूर्ण पूर्वाधारसहित दुईवटा पुल आंशिक रूपमा ध्वस्त भएका छन् ।

“सरकारी प्रयासको समर्थनमा, राष्ट्रसंघ र यसका साझेदारहरूले प्रभावित क्षेत्रमा खाना उपलब्ध गराइ रहेको कार्यालयले जनाएको छ । यसका साथै पानी, सरसफाइ र रोगको प्रकोप रोक्न पानी शुद्धीकरण ुट्याब्लेटहरूु प्रदान गरिरहेको कार्यालयले उल्लेख गरेको छ ।

ओसीएइचएले नाइजेरियाका लागि संयुक्त राष्ट्रसंघीय मानवीय समन्वयकर्ता मोहम्मद मलिक फलले नाइजेरियाको मानवीय कोषबाट ६ मिलियन अमेरिकी डलरको कोष घोषणा गरेको जनाएको छ । कार्यालयका अनुसार पीडितहरूको जीवन बचाउन थप स्रोत र कोषको आवश्यकता छ ।

बाढीका कारण नाइजेरियामा तीन करोड २० लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको पुष्टि गर्दै ओसीएचएले बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको बताएको छ ।

कार्यालयका अनुसार बाढीका कारण “बोर्नो, आदामावा र योबे राज्यमा मात्र ४.८ मिलियन मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्न बाध्य छन् भने दुई लाख ३० हजार बालबालिका कुपोषणको खतरामा परेका छन् ।

खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य तीन गुणा वृद्धि भएको छ भने बालीनालीकोे क्षतिले थप चिन्ता थपिएको छ । रासस/सिन्ह्वा