सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता

सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, असोज २, २०८१

बझाङ । बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् । आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् । तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।

ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एकजना बेपत्ता भएका उनले जानकारी दिए ।

ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताए । अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको बताउँदै बेपत्ताको खोजी भइरहेको उनले जानकारी दिए ।
रासस