बुधबार, असोज २, २०८१ , काठमाडौं ।
सरकारले धरहरा चर्चाका लागि हतार गरेर खोल्न लागेको देखिन्छ । धरहराको कतिपय काम नै बाँकी हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा खुल्न लागेको शहरी विकास मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।
धरहराको केही काम बाँकी भएको सत्य हो, तर निर्माण भएर लामो समयसम्म पनि जनताले अनुभव गर्न नपाएको भन्दै प्रधानमन्त्रीको १०० दिनभित्र जसरी पनि चलाउने निर्देशन थियो । त्यही भएर संविधान दिवसको उपलक्ष्यमा खोल्न लागिएको हो,’ शहरी विकास मन्त्रालयका एक अधिकारीले भने ।
बुधबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह धरहरा खोल्ने पूर्वसन्ध्यामा निरीक्षण पुग्दा पनि त्यस्तै अवस्था थियो । धरहराको लिफ्ट चढ्नै लाग्दा लाइन गएर रोकिएको थियो । दुइटा लिफ्टमध्ये एउटा अझै सञ्चालनमा आइसकेको छैन ।
यस्तै बेसमेन्टमा रहेको पार्किङ पनि पूर्णरूपमा सञ्चालनमा आइनसकेको देखिन्छ । ‘अहिलेलाई एक तला मात्रै पार्किङ सञ्चालनमा छ । महानगरले त्यो गरिरहेको हो, पूरै पार्किङ क्षेत्रमा बत्ती, वायरिङ लगायत काम बाँकी नै छ,’ केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का एक अधिकारी भन्छन् । बेसमेन्टतर्फ रहेको शौचालय समेत पूर्णरूपमा सञ्चालनमा आइसकेको छैन ।
दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ ।
विहान ११ बजेपछि प्रत्येक आधा घण्टामा १०० जनाका लागि टिकट बुक गर्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।
अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।
प्रतिक्रिया