रास्वपाका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी

रास्वपाका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असोज ६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको पक्षमा नाराबाजी भएको छ ।

प्रहरीले पक्राउ गर्ने तयारी गरेको खबर बाहिरिएपछि रास्वपाले काठमाडौंमा उपलब्ध नेताहरूको आकस्मिक बैठक बोलाएको थियो ।

रविलाई पक्राउ गर्न लागिएको खबरपछि रास्वपाका कार्यकर्ताहरू पार्टी कार्यालयमा उपस्थित भएका थिए । उनीहरूले रविको पक्षमा नाराबाजी गरेका हुन् ।

संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सेयर सदस्यसमेत रहेका लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । अर्का सञ्चालक रहेका छविलाल जोशी आजै पक्राउ परिसकेका छन् ।