आज प्रधानमन्त्री केपी ओली स्वदेश फर्किंदै

आज प्रधानमन्त्री केपी ओली स्वदेश फर्किंदै

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, असोज १४, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कने भएका हुन् ।

ओली अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । यसका लागि ओली हिजो कतारको दोहा प्रस्थान गरेका थिए ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उनी हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि शुक्रबार बोस्टन पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेललगायतले बिदाइ गरेका थिए ।