दशैंको टीका लगाउने क्रम सगैं ब्रत गरिदैं

दशैंको टीका लगाउने क्रम सगैं ब्रत गरिदैं

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असोज २७, २०८१

काठमाडौं । आश्विन शुक्लपक्ष पापांकुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु टीका र जमरा लगाउने क्रम आइतबार पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।

यस दिन एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापांकुशेति विख्याता सर्वपापहरा परा’ यो एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख छ । रासस