एनसीपी नेता बाबा सिद्दिकीको हत्या

एनसीपी नेता बाबा सिद्दिकीको हत्या

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असोज २७, २०८१
काठमाडौं । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ । गोली हानी उनको हत्या गरिएको हो ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो । मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार, प्रहरीले उक्त घटनाका विषयमा दुईजनालाई पक्राउ गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यही वर्षको फेब्रुअरीमा बाबा सिद्दिकी कांग्रेस छोडेर एनसीपी (अजीत पवार गुट)मा सामेल भएका थिए । उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए ।

घटनाको जानकारी दिँदै मुख्यमन्त्री शिन्देले भने, “बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उनको मृत्यु भयो । यो दुःखद घटना हो । दुई आरोपित पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो आरोपितलाई पनि छिट्टै पक्राउ गरिने कमिश्नरले मलाई बताएका छन् । एक आरोपित हरियाणा र एक उत्तर प्रदेशका हुन् ।” बीबीसी हिन्दीबाट ।