बुधबार, कात्तिक २१, २०८१
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पाँच किलो सुन सहित तीनजना विदेशी नागरिकपक्राउ परेका छन्। हिजो साँझ उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए ।पक्राउ पर्नेहरुमा चिनियाँ र म्यानमारका नागरिक हुन् । शारजाहबाट उनीहरुले स्पिकरमा सुन लुकाएर ल्याएको पाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार उनीहरु चेकजाँच गरेर बाहिरिने क्रममा शंका लागेर पुनः चेक गर्दा सुन फेला परेको हो ।
एयर अरेबियाको उडान नं. G9530 मा शारजाहबाट काठमाडौं आएका चिनियाँ नागरिक जियनजोङ र म्यानमारका दुइजनालाई उक्त सुनससहित नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको सशस्त्र प्रहरीका सह– प्रवक्ता शैलेन्द्र थापाले जानकारी गराए ।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ ।
प्रतिक्रिया