सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेकोले दबाब सिर्जना गर्ने ः प्रवक्ता अग्निप्रसाद सापकोटा

सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेकोले दबाब सिर्जना गर्ने ः प्रवक्ता अग्निप्रसाद सापकोटा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुक्रबार ,१९ पुस २०८१,

काठमाडौं । शुक्रवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ ।

उनले संसद् छलेर सरकारले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाए । सापकोटाले चाँडो भन्दा चाँडो संसद्को अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे ।

बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको प्रवक्ता सापकोटाले बताए । उनीहरूले समसामायीक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राखेको उनले बताए । समाजवादी बिचार धारको विकासका लागि , सबै पालिकाहरूमा समाजवादका आधारशिला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूको जोड गरेको सापकोटाले जानकारी दिए ।

बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू समेत सहभागी हुने बताएका थिए । स्थायी कमिटी बैठक शनिवार पनि बस्ने प्रवक्ता सापकोटाले बताए । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।