२१ पुष २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरु केन्द्रीय समितिको विस्तारित बैठकमा सम्बोधन गर्दैै पार्टीको जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव अगाडि सारेका छन् ।
अध्यक्षले युद्धकालीन समयमा जस्तै जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव गरेका थिए ।
‘पहिचानका मुद्दा ओझेलमा पर्न गएकोमा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ,’ सम्बोधनको क्रममा उनले भनेका छन्, ‘जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।’
युद्धकालीन समयमा माओवादीले अगाडि सारेको राष्ट्रिय मुक्तिको एजेन्डालाई उत्पीडित जाति र क्षेत्रीय मुक्तिका लागि भन्दै विभिन्न जातीय र क्षेत्रीय मोर्चाहरूको अभ्यास गरेको र सोहि मोर्चाहरूको आधारमा राज्य पुनर्संरचनामा १४ प्रदेशको अवधारणा अगाडि सारेको थियो ।
अध्यक्ष प्रचण्डले मधेशमा देखिएको गुटगत समस्या हल गर्दै मिसन २०८४ को अभियानलाई अगाडि बढाउनेदेखि सडक र सदनको संघर्षलाई मुख्य विषय बनाउने विषय पनि सम्बोधनको क्रममा उल्लेख गरेका छन् ।
प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागीले बताए । ‘हाम्रो पार्टीको संघ र प्रदेश सांसदहरूको भूमिका प्रभावकारी छैन, राम्रा काम गरिरहेकाहरूको उच्च मूल्याङ्कन गरिनेछ,’ ।
प्रतिक्रिया