आशिकामाथि प्रहरी एक्सन

आशिकामाथि प्रहरी एक्सन

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माघ २, २०८१

बुधबार दिउँसो (आज) आशिका तामाङ पक्राउ परेकी छन् । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए ।

अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लिएर प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

तामाङले विभिन्न सार्वजनिक स्थलमा पुगेर भिडियो बनाउने तथा अभद्र शैलीमा प्रस्तुत हुने गरेकी थिइन् । उनले ती भिडियोहरूलाई सामाजिक सञ्जालमा राख्ने गरेकी थिइन् ।

उनले केही दिन पहिले ड्युटीमा रहेका प्रहरी अधिकारीलाई समेत ‘बर्दी खोलेर नाङ्गै हिँड्नुस्’ भन्दै थर्काएकी थिइन् ।

पुस २६ गते पशुपति क्षेत्र विकास कोषले आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो ।

जाहेरीको आधारमा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने क्रममा पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिएको थियो।

उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट जिल्ला प्रहरी परिसर काठमाडौं तथा गौशाला वृत्तको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आशिकालाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।