इटहरीको आगलागी ६ घण्टापछि बल्ल नियन्त्रणमा आयो

इटहरीको आगलागी ६ घण्टापछि बल्ल नियन्त्रणमा आयो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, चैत १३, २०८१

काठमाडौं । सुनसरीको इटहरी उपमहानरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, बुधबार बिहान ९ बजेदेखि सुरु भएको आगलागी ६ घण्टापछि मात्रै नियन्त्रणमा आएको हो ।

“६ घण्टापछि आगलागी पूर्ण नियन्त्रणमा आएको छ । मानवीय क्षतिबाट जोगाइयो । भौतिक क्षतिको विवरण संकलन भइरहेको छ । आगलागीको कारण पनि खुलेको छैन । अनुसन्धान हुँदैछ,” उनले भने ।

आगलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित सशस्त्र प्रहरीका एसएसपी मनीष थापाको नेतृत्वमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

आगलागीमा फसेका आठ पुरुष र तीन महिलाको उद्धार गरिएको थियो । आगलागीमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पनि पुगेको थियो ।

उद्धारका क्रममा पाँच सुरक्षाकर्मीसहित सातजना घाइते भएका थिए । घाइतेमध्ये एकजना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।