प्रदर्शनका २५ घाइतेको केएसमीमा उपचार, अवस्था के छ ?

प्रदर्शनका २५ घाइतेको केएसमीमा उपचार, अवस्था के छ ?

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुक्रबार, चैत १५, २०८१
काठमाडौं । प्रदर्शनका क्रममा घाइते भएका राजावादी पक्षका २५ जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले जानकारी दिए ।

शुक्रबार अश्रुग्यास प्रहारबाट गम्भीर बनेका प्रदर्शनकारी निराजन बम पलाँताका र अर्का एकजना हातमा गोली लागेका व्यक्तिको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । घाइते २५ मध्ये केही सुरक्षाकर्मी समेत रहेको ढकालले जानकारी दिए ।