कास्मिर हमलामा एक नेपाली नागरिकको पनि मृत्यु भएको छ

कास्मिर हमलामा एक नेपाली नागरिकको पनि मृत्यु भएको छ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, वैशाख १०, २०८२

काठमाडौं । भारतको कास्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भारतीय पर्यटकमाथि लक्षित गर्दै भएको उक्त हमलामा एक नेपाली नागरिकको पनि मृत्यु भएको भास्करडटकमले जनाएको छ ।

टाइम्स अफ इन्डियाले जनाए अनुुसार उक्त हमलामा २८ जनामा नेपालीसँगै यूएईका एक नागरिक पनि रहेको समाचारमा उल्लेख छ । र अन्य सबै भारतीय रहेको जनाएको छ । नेपाली नागरिक मारिएको बताइए पनि उनको नाम र ठेगाना भन्ने उल्लेख छैन ।

हमला पहलगामबाट ५ किलोमिटर टाढा बैसारन उपत्यकामा भएको थियो । बताइएको छ । जम्मू र कास्मिर प्रहरीका निरीक्षक महानिर्देशक विदीकुमार बिर्डीले बीबीसी हिन्दीलाई बताएअनुसार हमला भएको क्षेत्रसम्म प्रहरी अझै पुग्न सकेको छैन ।

यो हमलाबारे अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन ।

हमलापछि साउदी अरबको यात्रा छोट्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति नै स्वेदेश फर्किएको टाइम्स अफ इन्डियाले जनाएको छ । पूर्वनिर्धारित समयअनुसार उनी बुधबार रातिमात्र फर्किने योजना थियो ।

,