प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा केही दिन सार्न निर्देशन दिए सगँै परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा केही दिन सार्न निर्देशन दिए सगँै परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ ।

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, वैशाख १०, २०८२

काठमाडौं ।वैशाख ११ गते बिहीबार देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ ।

यद्यपि बोर्डले परीक्षाको तालिका भने आज सार्वजनिक गर्नेछ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले बताएको छ ।

शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।

मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।

यसअघि परीक्षा बोर्डले तोकिएको समयमा नै सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।