सर्वोच्चले कक्षा १२ को परीक्षा अब फेरि नसार्न आदेश दिएको छ

सर्वोच्चले कक्षा १२ को परीक्षा अब फेरि नसार्न आदेश दिएको छ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बिहीबार, वैशाख ११, २०८२
काठमाडौं । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा अब फेरि नसार्न र तोकिएकै समयमा गर्न आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो । ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिंदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने’ आदेशमा भनिएको छ ।
शिक्षकहरुको आन्दोलनका कारण ११ वैशाखदेखि तोकिएको कक्षा १२ को परीक्षा २१ वैशाखलाई सारिएको छ । अदालतले अब फेरि परीक्षा नसार्न आदेश दिएको हो ।