आज बजेट अधिवेशनको पहिलो दिन, प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

आज बजेट अधिवेशनको पहिलो दिन, प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्रबार, वैशाख १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् । दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ ।

सो बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनमा शिक्षा र निजामती विधेयक पनि अघि बढाइने तयारी रहेको नेताहरूले बताएका छन् । पहिलो दिन (आज)को सम्भावित कार्यसूचीमा भने शिक्षा र निजामती विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यक्रम समावेश छैन ।