शिक्षक महासंघ अध्यक्ष भन्छन्, ः “सहमतिनजिक पुगियो, तर आन्दोलन जारी छ”

शिक्षक महासंघ अध्यक्ष भन्छन्, ः “सहमतिनजिक पुगियो, तर आन्दोलन जारी छ”

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मंगलबार, वैशाख १६, २०८२

काठमाडौं । सरकारले बुधबारसम्म सहमति जुट्ने बताए पनि नेपाल शिक्षक महासंघले भने यसबारे प्रष्ट पारेको छैन र आन्दोलन जारी रहेको बताएको छ ।
शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल र सरकारले वार्ता सहमतिनजिक पुगेको बताइरहँदा महासंघले भने यसबारे सहमति नभएको बताएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । “आजशिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन । हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौँ,” उनले आन्दोलन जारी रहेको प्रष्ट पारेका छन् ।

यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूले उठाएको मागबारे मंगलरकार वा बुधबारसम्ममा सहमति हुने बताएका छन् ।

झडपपछि थप चर्किएको शिक्षक आन्दोलन, सरकार जसरी आउँछ त्यसरी तयार १
सोमबार मन्त्रिपरिषद् बैठकपछि मन्त्री गुरुङले भनेका थिए, “भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ । विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

यसैबीच, शिक्षामन्त्री रघुजी पन्तले सोमबार शिक्षक महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग वार्ता गरेर केही कुरा निष्कर्षमा पुगेको दाबी गरेका थिए ।