मंगलबार, वैशाख १६, २०८२
अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संस्थाको महाधिवेशनमा आफ्नो संलग्नता नरहने स्पष्ट पारेका छन्
विज्ञप्ति जारी गर्दै महतोले अहिले तोकिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकाले उक्त महाधिवेशनमा आफ्नो संलग्नता नरहने बताएका छन् ।
उनले गैरआवासीय नेपाली अभियानलाई चिरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन आग्रह गरेका छन् ।
“यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु,” उनले भने ।
उच्चस्तरीय समितिले आयोजना गर्न लागेको भनिएको यो एकताको महाधिवेसन नाम दिइए पनि यसका महत्वपूर्ण सदस्य तथा पूर्वअध्यक्षहरू उपेन्द्र महतो, जिवा लामिछाने, कुमार पन्त, भवन भट्टलगायत सदस्यहरु यस महाधिवेशनको पक्षमा छैनन् ।
प्रतिक्रिया