सुनको मूल्य बढेर फेरि कीर्तिमान, तोलाको एक लाख ८० हजारनजिक

सुनको मूल्य बढेर फेरि कीर्तिमान, तोलाको एक लाख ८० हजारनजिक

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मंगलबार, चैत १९, २०८१

काठमाडौं ।आज नेपाली बजारमा सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।

सोमबार (चैत १८) छापावाल सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज सम्मकै उच्च मूल्य थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।