२२ चैत,२०८१ ।
काठमाडौं । थाइल्यान्डको राजधानी बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ३५ मिनेट भेटवार्ता वार्ता भएको छ ।
शुक्रबार मोदी बसेको ओरियन्टल होटलको भेटमा दुवै प्रधानमन्त्री मात्र भेटवार्ता गरेका थिए, जस्मा अरु अधिकारी सहभागी थिएनन् ।
‘प्रधानमन्त्रीनिकट स्रोतको जानकारी अनुसार नेपाल भारत सम्बन्धका बारेमा दुवै तर्फ विभिन्न अड्कलबाजी चलिरहेकाले त्यसलाई स्पष्ट गर्न पनि दुई नेता छुट्टाछुट्टै बस्नु जरुरी थियो,’ , ‘एक किसिमले भन्दा यसअघि न्युयोर्कमा भेटे पनि आइसब्रेक भइसकेको थिएन । आज त्यसैका लागि दुवै प्रधानमन्त्रीले एक अर्कालाई समय दिनुभएको हो ।’
भेटघाटपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै लेखेका छन्,‘“मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग न्यानो संवाद भयो । दुईपक्षीय छलफल रचनात्मक र अर्थपूर्ण भएको छ । यो आपसी विश्वासका लागि मेरो धन्यवाद ।”
प्रधानमन्त्रीद्धयले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुईपक्षीय हितका थुप्रै विषयमा कुरा भएको छ ।प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले दुईपक्षीय संवाद र विश्वास बढाउनका लागि थुप्रै विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।
प्रतिक्रिया