बेडरुममै पुगेर पुर्जी लेख्ने अनौठो अभ्यास भयो, क्षम्य हुँदैनः रास्वपा

बेडरुममै पुगेर पुर्जी लेख्ने अनौठो अभ्यास भयो, क्षम्य हुँदैनः रास्वपा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शनिबार, चैत २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी नलिएरै प्रहरी पक्राउ गर्न गएको रास्वपाले बताएको छ ।

शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीसँग पक्राउ पुर्जी माग्दा बेडरुममै पुगेर लेखेको बताउँदै रास्वपाले त्यसलाई अनौठो अभ्यास भएको बताएको छ ।

शुक्रबार राति भर्चुअल रुपमा बसेको रास्वपाको केन्द्रीय सचिवालयको बैठकले सभापति लामिछाने पक्राउ परेपछि
यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको छ । बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर संवेदनशील र गैरकानुनी भएको बताउँदै भत्सर्ना गरेको छ ।

साथै, उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध न्यायका लागि अर्को तहमा जाने निर्णय गरेको छ । पक्राउ पर्नुअघि नै रविले पनि न्यायका सबै ढोका ढकढक्याउने बताइसकेका छन् ।

बैठकले डीपी अर्याललाई दिइएको कार्यवहाक सभापतिको जिम्मेवारी पनि अनुमोदन गरेको छ ।

शुक्रबार राति पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएका लामिछानेलाई आज विमानबाट भैरहवा लगिंदैछ ।