रास्वपाका सभापति लामिछानेलाई आज रूपन्देही लगिँदै

रास्वपाका सभापति लामिछानेलाई आज रूपन्देही लगिँदै

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शनिबार, चैत २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार राति पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएका लामिछानेलाई आज विमानबाट भैरहवा लगिंदैछ ।

लामिछानेलाई शुक्रबार उनको निवास बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध न्यायका लागि अर्को तहमा जाने निर्णय गरेको छ । पक्राउ पर्नुअघि नै रविले पनि न्यायका सबै ढोका ढकढक्याउने बताइसकेका छन् ।

बैठकले डीपी अर्याललाई दिइएको कार्यवहाक सभापतिको जिम्मेवारी पनि अनुमोदन गरेको छ ।