मंगलबार, चैत २६, २०८१
काठमाडौं । आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंसहित देशका केही भूभागमा पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षाको सम्भावना रहेको हो ।
मौसमविद् शान्ति कँडेलका अनुसार आज वाग्मती, कोसी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ ।
“काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो वर्षाको सम्भावना छ,” मौसमविद् कँडेल भन्छिन्, “दिउँसो १÷२ बजेपछि काठमाडौं उपत्यकामा हल्का वर्षा हुन्छ ।”
काठमाडौंका केही स्थानमा हल्का र केही स्थानमा फाट्टफुट्ट वर्षा हुनेछ । मौसम भने बदली भइरहने छ । काठमाडौंमा साँझबाट मौसम खुल्ने उनले जानकारी दिइन् ।
“पूर्वबाट जति पश्चिम गयो त्यति वर्षा कम हुँदै जान्छ,” मौसमविद् कँडेल भन्छिन्, “गण्डकीबाट पश्चिमतर्फ सुक्खा हुनेछ ।”
बुधबार र बिहीबार पनि मौसममा बदली र वर्षा हुने मौसमविद् कँडेलले जानकारी दिइन् ।
लामो समयदेखि ठूलो वर्षा नहुँदा देशभर वायु प्रदूण बढेको छ । काठमाडौंसहित देशका धेरै सहरमा उच्च प्रदूषण छ । काठमाडौं लगातार विश्वकै प्रदूषित सहर बन्दै आएको छ ।
ठूलो वर्षा र हावा नचलेसम्म प्रदूषण घट्ने छैन ।
प्रतिक्रिया