उपत्यका नगर विकास समिति (सुर्खेत)का सहायक लेखापाल राना अख्तियारको नियन्त्रणमा

उपत्यका नगर विकास समिति (सुर्खेत)का सहायक लेखापाल राना अख्तियारको नियन्त्रणमा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, चैत २७, २०८१

काठमाडौं । उपत्यका नगर विकास समिति (सुर्खेत)को कार्यालयमा कार्यरत सहायक लेखापाल खड्कबहादुर राना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको नियन्त्रणमा छन् ।

आर्थिक बर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले रानालाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । रानालाई सम्बन्धित कागजातसहित बुधबार नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियारको सूचनामा उल्लेख छ ।