अमेरिकालाई चीनले लगायो १२५ प्रतिशत भन्सार

अमेरिकालाई चीनले लगायो १२५ प्रतिशत भन्सार

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुक्रबार, चैत २९, २०८१

चीनले अमेरिकी उत्पादनमा लाग्ने भन्सार दर बढाएर १२५ प्रतिशत पुर्‍याएको छ। सोमबार चीनलाई ट्रम्पले १०४ प्रतिशत भन्सार घोषणा गरे लगत्तै चीनले पनि अमेरिकी आयातमा ८४ प्रतिशत भन्सार लगाउने घोषणा गरेको थियो । यसकारणले रिसाएका ट्रम्पले बिहिबार भन्सार बढाएर १४५ प्रतिशत पुर्‍याउने घोषणा गरे भन्ने बिभिन्न् अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुक्रबार चीनले पनि अमेरिकी उत्पादनमा लाग्ने भन्सार दर बढाएर १२५ प्रतिशत पुर्‍याएको छ। पछिल्लो वृद्धि घोषणा गर्दै चिनियाँ मन्त्रिपरिषद स्टेट काउन्सिलको भन्सार महसुल आयोगले यसपछि भने चीनले अमेरिकी उत्पादनमा थप भन्सार नबढाउने जनाएको भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले लेखेको छ।

अमेरिकाले भन्सारमा संख्याको खेल खेलिरहे पनि चीनले भने अब त्यसलाई बेवास्ता गर्ने सो आयोगले जानकारी दिएको छ।

अहिले कै दरमा नै अमेरिकी वस्तु चिनियाँ बजारमा बिक्न गार्‍हो हुने भन्दै अमेरिकाले अझै चीनमाथि थप भन्सार लगाए पनि चीनले अझै बढाउनुको आर्थिक रूपमा केही पनि अर्थ नहुने आयोगले स्पष्ट पारेको छ।

चीनलाई लगाएको भन्सार दर बढाएर १४५ प्रतिशत पुर्‍याए पनि ट्रम्पले ७० भन्दा बढी देशहरूलाई लगाएको पारस्परिक भन्सार भने ९० दिनका लागि रोकेका छन्। ती देशहरूले अमेरिकी कर नीतिको विरोध नजनाएको जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको देखिएकाले ९० दिनका लागि रेसिप्रोकल भन्सार रोकेका थिए।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू)