रुसको मिसाइल हमलामा युक्रेनमा मृत्यु हुनेको संख्या बढदै

रुसको मिसाइल हमलामा युक्रेनमा मृत्यु हुनेको संख्या बढदै

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, चैत ३१, २०८१

काठमाडौं । रुसले युक्रेनको उत्तर–पूर्वी सहर सुमीको केन्द्रमा गरेको ब्यालिस्टिक मिसाइल हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको । मृतकमध्ये सातजना बालबालिका रहेको र ८३ जना घाइते भएको बताइएको छ । युक्रेनी आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अधिकारीहरूका अनुसार यो घटनामा सडक, कार, सार्वजनिक यातायातमा र घरहरूमा रहेका मानिस घाइते भएका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई एउटा साधारण सहरको सडकमा भएको भयावह हमला बताउँदै घटनास्थलमा खोज उद्धार अभियान जारी रहेको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले विश्वका नेताहरूलाई यो हमलाको विरुद्ध कडा प्रतिक्रिया जनाउन आह्वान गर्दै रुसले यस्तै आतंक मच्चाउन चाहेको र यो युद्धलाई लम्ब्याउन खोजेको बताए ।

 

साथै गाजा सहरको अन्तिम अस्पताल पनि इजरायली हवाई हमलामा ध्वस्त भएको छ । उक्त हमलाका कारण अस्पतालको इन्टेन्सिभ केयर युनिट र सर्जरी विभाग पूरा नष्ट भएको छ । (बीबीसी)

मिसाइल हमलापछि भवनबाट ठूलो आगोको मुस्लो र धुवाँ निस्केको देखिन्छ । अस्पतालको बेडमा बसेका केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भाग्दै गरेको पनि देखिन्छ ।

इजरायली सेनाले यो अस्पतालमा हमासको कमान्ड र कन्ट्रोल सेन्टर रहेको भन्दै आक्रमण गरेको दाबी गरेको छ । गाजाको नागरिक आपतकालीन सेवाका अनुसार उक्त हमलामा प्रत्यक्ष कुनै व्यक्तिको ज्यान भने नगएको बताइएको छ । तर, टाउकोमा चोट लागेका एक उपचाररत बच्चाको स्थानान्तरण गर्ने प्रक्रियामा ज्यान गएको छ ।

हमास–नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले उक्त अस्पताल भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको र यसले बिरामी र अस्पताल कर्मचारीलाई स्थानान्तरण गरिएको बताएको छ ।
(बिभिन्न अनलाइन पोस्टहरूका आधारमा )