नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा

नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार, वैशाख २४, २०८२
काठमाडौं । धितोपत्र बोर्ड स्रोतका अनुसार आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ ।
अख्तियारबाट आएको तीनजनाको टोलीले आईपीओ निष्कासनका लागि पाइप लाइनमा रहेका कम्पनीको बारेमा सोधपुछ गरेका थिए ।

उक्त स्रोतका अनुसार,“अख्तियारबाट तीनजनाको टोली बोर्डमा आएको थियो र आईपीओ पाइपलाइनमा रहेका कम्पनीको विषयमा सोधपुछ गरेका थिए,”।

अख्तियारबाट आएको टोली दिनभरि नै बोर्डमा बसेको थियो । धितोपत्र बोर्डका अध्यक्षले आईपीओ निष्कासन अनुमति दिनका लागि कमिसन मागेको भन्ने कुरा बाहिरिएको थियो ।

बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो कुरा आधारहीन भएको जानकारी दिएको थियो ।

माओवादीका सांसद माधव सापकोटाले हाइड्रोपावरको आईपीओ निष्कासन स्वीकृति दिन कमिसन मागेको विषयमा बुधबारको संसद् बैठकमा कुरा उठाएका थिए ।

आईपीओ स्वीकृतिमा कमिसन मागेको विषय संसद्‌मा उठ्यो, छानबिन गर्न माओवादीको माग रहेको छ ।