बुधबार, वैशाख २४, २०८२
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा विषयभन्दा बढी राजनीतिक छेडखानी र आरोप-प्रत्यारोपले प्राथमिकता पाइरहेको छ ।
नीति तथा कार्यक्रम एक वर्षको लक्ष्य निर्धारण हो ।आर्थिक, सामाजिक, वैदेशिक सम्बन्ध जस्ता विषयमा सरकारले तय गरेका नीतिबारे संघीय संसद्मा छलफल हुने गर्छ ।
नीतिमाथि जननिर्वाचित सांसदहरूको सुझाव समेतका आधारमा सरकारले प्राथमिकीकरण गरेर बजेट ल्याउने अभ्यास छ ।
१९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रचण्डको टिप्पणी सत्तारुढ दल र सरकारको नियतमाथि केन्द्रित थियो । नीति तथा कार्यक्रममाथि सबैभन्दा पहिले प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिप्पणी गरेका थिए ।
प्रतिक्रिया