प्रेसर हर्न बजाउनेमाथि कारबाही सुचारु गरिएको छः भक्तपुर ट्राफिक प्रहरी प्रमुख प्रदिप खत्री

प्रेसर हर्न बजाउनेमाथि कारबाही सुचारु गरिएको छः भक्तपुर ट्राफिक प्रहरी प्रमुख प्रदिप खत्री

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार २५,बैशाख २०८२

भक्तपुर । विशेष अभियान अन्तर्गत ट्राफिक प्रहरी परिसर भक्तपुरले प्रेसर हर्न बजाउने सवारी साधनलाई कारबाही गर्न थालेको छ।
उक्त अभियान कै क्रममा दिनमा १ सय १६ वटा सवारी साधनका चालकलाई कारवाही गरी जरिवाना गराएको भक्तपुर ट्राफिक प्रहरी प्रमुख प्रदिप खत्रीले वताउनुभयो ।

भक्तपुर नलिन्चोक अरनिको राजमार्गमा आज पनि प्रेसर हर्न बजाउने केही सवारीसाधन कारवाहीमा परेका छन्। उक्त सवारी साधनमा रहेका प्रेसर हर्न निकालेर प्रहरीले जफत गरेको छ ।
२०७४ वैशाख १ गतेबाट उपत्यका भित्र हर्न निषेधित क्षेत्र उपत्यका ट्राफिक कार्यलयले घोषणा गरेको थियो ।