बिहीबार २५ बैशाख ,२०८२
बाँके । प्रहरीले बाँकेस्थित जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरूको परिचय खुल्ने कागजात हेर्न थालेको छ । भारत – पाकिस्तान तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा उच्च सतर्कता अपनाउन थालेको हो ।
यसअघि भारत जाँदा रुपैडिहामा भारतीय प्रहरीले कागजात हेर्ने गरेको थियो भने जमुनाह नाकाबाट नेपाल आउँदा निर्बाध रुपमा आवतजावत हुने गरेको थियो । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएका छन् ।
प्रतिक्रिया