शनिबार २७ बैशाख २०८२
काठमाडौं । बानेश्वर ,काठमाडौंमा भएको आजको बैठकमा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
सम्बाेदन
” राष्ट्रिय सभाको बैठकमा आकस्मिक र शून्य समयमा माननीय सदस्यहरुले उठाउनु भएको भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययरत छात्रा प्रिशा साहको छात्राबासको कोठामा झुण्डिएको अवस्थामा मृत्यू भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ।
एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दुखद पक्ष हो। नेपाल र भारत दुवै देशले कूटनीतिक माध्यममार्फत् यस्ता घटना दोहोरिरहनु पर्ने कारणको गहिराइमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।
उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु। साथै आकस्मिक समयमा माननीय सदस्यहरुले उठाउनु भएका अन्य विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आई जवाफ दिन सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गर्दछु ।” – नारायण दाहाल
प्रतिक्रिया